बिर्तामोड । 

हाम्रो होइन, राम्रो कर्मचारी छनौट गर्ने उदेश्यले हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले कर्मचारी छनौट गरेको जनाएको छ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको संस्था प्रदेश नं. १ मा ब्यालेन्ससीटको आधारमा छैटौं नम्बरमा रहेको जनाइएको छ । 

 साकोसले २८ जना कनिष्ठ सहायक पदका लागि अनलाइन मार्फत सूचना आव्हान गर्दा एक हजार दुईसय भन्दाबढीले फारम भरेका थिए । लोकसेवा आयोगकै ढाँचामा संस्थाले कर्मचारी छनौट प्रक्रिया अघि वढाएको पदपुर्ति समितिका संयोजक विपी लामिछाने जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा कम्प्युटरशीप परिक्षा उत्तिर्ण गरेका २ सय ७५ जनालाई दोस्रो चरणको लिखित परिक्षामा सामेल गराइएको हो । लिखित परिक्षा झापाको बिर्तामोडमा शनिवार(आज) भएको छ । लिखित परिक्षामा उत्तिर्ण भएपछि मात्र तेस्रो चरणको अन्तरवार्तामा सहभागी हुने र अन्तरवार्तामा पनि उत्तिर्णले मात्र संस्थामा जागिर पाउने उनले बताए । 

hamro

संस्थाको कार्यक्षेत्र प्रदेश नं. १ भरी रहेको बताउँदै हाल झापा, मोरङ र इलाममा गरेर  ३० वटा सेवाकेन्द्रबाट सेवा प्रवाह गर्दै गरेको संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णराज कटुवालले जानकारी दिए । उनका अनुसार नेपाल सरकार सरह कर्मचारीलाई सञ्चयकोष, उपदान, विमासहित यातायात, सञ्चार, इन्धन खर्च सेवासुबिधा संस्थाले दिने भएकाले पनि धेरै संख्यामा निवेदन परेको हो ।

‘संस्थाले कर्मचारीलाई राम्रो सेवासुबिधा दिने भएकाले पनि धेरैको संस्थामा आकर्षण वढेको छ’ लेखा सुपरिवेक्षण समितिका संयोजक कटुवालले भने ‘४/५ पटकसम्म असफल हुने पनि परिक्षामा सहभागी छन् ।’ कसैको भनसुन र शोषपोषका आधारमा संस्थाले कर्मचारी नराख्ने र परिक्षालाई पारदर्शी, मर्यादित र ब्यवस्थित तरिकाले सञ्चालन गर्ने भएकाले पनि निवेदकको आकर्षण बढेको उनले बताए । 

२८ जना कनिष्ठ सहायक पदको लागि आव्हान गरेको बिज्ञापनमा ताप्लेजुङदेखि कालिकोटसम्मका निवेदक परिक्षामा सहभागी भएका संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिए । लिखित परिक्षामा उत्तिर्ण हुनेहरुलाई संस्थाको नियमानुसार चाँडै अन्तरवार्तामा सहभागी गराउने जनाइएको छ ।