सुरुङ्गा ।  

 माटो जोगाउँ भन्ने मुल नाराका साथ सचेतना जोगाउँदै  एक युवा मेचीकाली म्याराथुन दौड शुरु गर्दै झापा आइपुगेका छन् ।  हिजो कनकाई आइ पुगेका नबिन पुन मगरलाई आज(बिहीवार) सुरुङ्गा आइपुगेका थिए । मगरलाई हरिकुल नमुना उच्च माविले भव्य स्वागत तथा सम्मान गरेको छ । हरिकुल नमुना मावि समेत उक्त अभियानमा जोडिएर लामो समयदेखि विभिन्न माटो जोगाउ कार्यक्रम गर्दै आइरहेको छ ।  

काठमाडांैको टुडिखेलबाट १७ दिन पहिलेबाट सचेतना जगाउदै म्याराथुन दौड सुरु गरेका पर्वतका युवा नविन पुन मगरले झापामा आफ्नो सचेतना अभियान सुरुगरेका हुन्  । कार्यक्रममा अभियान्ता मगरले विश्वमा हरेक सेकेन्ड  १२ कठ्ठा जमिन मरुभुमि हुने गरेको बताए ।

उनले यसै तरिकाले माटोको आर्गनिकपन हराउदै जाने हो भने अवको ६० बर्षमा जमिनमा उब्जाउ हुन छाडने समेत बताए । माटोको आर्गनिकपन कम्तीमा ३ प्रतिशत हुनु पर्नेमा न पालमा यो प्रतिशत २ भन्दा कम भइसकेको भन्दै नेपालको माटो समेत डेन्जर जोनमा परिसकेकाले यसलाई नरोक्नेलाई नेपालले समेत चाडै मरुूुमिमा परिणत हुने बताएका छन् । 

अभियानकर्मीलाई स्वागत गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुर्खाले जोगाइ दिएको माटोलाई थप आर्गनिक बनाउनका लागि पहल गर्नुपर्नेमा जोड दिए । अझैपनि गाउँघरमा रासयनिक मल पाइएन भनेर सरकारको आलोचना हुने गरेको भन्दै कनकाई नगरपालिकाले आर्गनिक खेतीलाई प्रोत्साहन गर्नका लागि फोहोरमैला व्यावस्थापन गरि आर्गनिक मल उत्पादन थालिसकेको जानकारी दिए ।

  मगरको माटो जोगाउ अभियानमा सनम लिम्बु, अजय भण्डारी, निर्मल श्रेष्ठ  समेत रहेका छन् । हरिकुलमा आयोजित सचेतना अभियानमा विद्यालयका पिन्सिपल रोषन केसीले हरिकुल नमुना उच्च मावि माटो जोगाउने अभियानमा जोडिसकेको जानकारी दिए । उनले आन्दोलनमा जोडिनका लागि सबैमा आव्हान समेत गरे । कार्यक्रममा लायन्स क्लव अफ कनकाईका अध्यक्ष साजन थापाल लगायातको सहभागिता रहेको थियो । 

 मगर बिहिवारै बिर्तामोड हुँदै  इलामतर्फ लागेका छन् ।  मगरले ७५ दिनमा ३ हजार ५ सय किलो मिटरको   म्याराथुन दौड पुरा गर्दै देशका ७७ जिल्लामै माटो जोगाउनका लागि सचेतना अभियान समेत दौड पुरा गर्ने लक्ष्य रहेको बताए ।