बिर्तामोड।

 झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । ७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत प्रतियोगिता हुने भएको हो । 

प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा आगामी असार १८ गते शनिबार हुने भएको छ। संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगितामा विभिन्न पाँचवटा विधामा खेलाडीलाई पुरस्कृत गरिने बताइन् ।

झापाको केरखास्थित सहिद धर्मभक्त माविमा हुने प्रतियोगितामा हेभिवेट च्याम्पियनले नगद १ लाख २५ हजार, हार्डकोरको विजेताले नगद १ लाख, मिडिल वेटतर्फको विजेताले नगद ९५ हजार, लाइट वेट च्याम्पियनले नगद ६० हजार, ट्याग टिम विजेताले नगद ७५ हजार र महिलातर्फको च्याम्पियनले नगद ७० हजार प्राप्त गर्ने जानकारी दिइन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी ग्याङे, जोन, सिजे वल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुनेछ ।

महासचिव श्रेष्ठले झापामा हुने यो खेललाई अवलोकन गर्न खेलप्रेमीहरु सो स्थान पुग्ने र अन्य जिल्लामा जस्तै यहाँ पनि उत्तिकै माया पाउने विश्वास व्यक्त गरिन् ।