झापा । 

नेपाल भलिवल संघ प्रदेश नम्बर १ को अध्यक्षमा खेम राई सर्वसम्मत् चयन भएका छन् । इटहरीमा भएको चौथो साधारणसभा तथा अधिवेशनले राईको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा सुनसरीका गोपाल श्रेष्ठ, ताप्लेजुङका डम्बर लिम्बु र मोरङका विरबल थापा, महासचिवमा झापाका लेखनाथ पराजुली, सचिवमा धनकुटाका बिनय राई र कोषाध्यक्षमा ओखलढुङ्गाका थलु राजभण्डारी सर्वसम्मत् चयन भएका नेपाल भलिवल संघ केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं. १ निर्वाचन संयोजक मदन खड्काले जानकारी दिए । 

त्यसैगरी सदस्यमा तेह«थुम तुलसी खापुङ, इलाम राजकुमार खाती, सोलुखुम्बु रामबहादुर खड्का, पाँचथर प्रभा काम्वाङ, उदयपुर निर्मलकुमार चौधरी र संखुवासभा प्रशिद्ध श्रेष्ठ सर्वसम्मत् चयन भएका छन् । 

भलिबल संघ प्रदेश नं. १ का अध्यक्ष हरि निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. १ खेलकूद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेको प्रमुख आतिथ्य रहेको थियो । 

त्यस्तै कार्याक्रममा बिशेष अतिथि नेपाल भलिवल संघ केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं. १ निर्वाचन संयोजक मदन खड्का, अन्तर्राष्ट्रिय खेलाडी दीपक सापकोटा, संघको तर्फबाट नेपालका लागि पहिलो क्याप्टेन ऋषि आचार्य, खेलकूद विकास बोर्ड प्रदेश नं. १ सदस्य रितेश श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा संघका सदस्य रोशन श्रेष्ठ, बिनोद सुवेदी, विश्वराज धिमाललगायतको उपस्थिति रहेको थियो । साधारणसभामा प्रदेश नं. १ का १४ वटै जिल्लाबाट प्रतिनिधित्व रहेको जनाइएको छ । कार्यक्रमको सञ्चालन लेखनाथ पराजुलीले गरेका थिए ।