बिर्तामोड ।

 झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरिएको छ ।  चेतना प्रकाशन समूह झापाले साहित्य, शिक्षा, कानूनी क्षेत्रका अग्रजहरुलाई सम्मान गरिएको हो ।

प्रकाशन समूहका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता तथा भाषाविद चुडामणी रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केपी ढकाल, बरिष्ठ अधिवक्ता लीला उदासी, प्रेमप्रसाद भट्टराई, हरिचण बानियाँ, डम्बरबहादुर बस्नेत र मोरङ निवासी मधु पोखरेललाई सम्मान गरिएको हो । सम्मानित सबैलाई जनही ७ हजार ५ सय नगदसहित सम्मान पत्र र खदाले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रेग्मी, सम्मानितहरु सबैले मन्तव्य राखेको कार्यक्रममा व्यङ्ग्य साहित्यकार कोमलप्रसाद पोखरेल, झाँक्री गोले, विन्दुप्रसाद दाहाल, ज्ञानेन्द्र ढुङ्गाना, मधु पोखरेल, दुर्गाप्रसाद सिग्देल, मायामितु न्यौपाने, कल्पना ओली, डा. खगेन्द्र दाहाल, मिना अधिकारी लगायतले रचना वाचन गरेका थिए । अध्यक्ष खरेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन पुण्य खरेलले गरेलले गरेका थिए ।