• रन्जित परियार

अर्जुनधारा।

रामकुमार अछामे स्मृति अक्षयकोष अर्जुनधारा झापाले बार्षिक कार्यक्रम अन्तर्गत जेहेन्दार विद्यार्थी, उत्कृष्ट कर्मचारी र शिक्षकलाई नगदसहित सम्मान गरेकोे छ ।

गणेश आधारभूत बिद्यालयका तत्कालीन प्रधानाध्यापक रामकुमार अछामे कामको शिलसिलामा काठमाडौ पुगेर फर्कर्ने क्रममा जीप दुर्घटनामा परि निधन भएको थियो । उनी राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष एवम् एउटा इमानदार मेहेनति थिए । उनको स्मृतिमा तीन लाख ५२ हजारको अक्षयकोष स्थापना भएको हो ।

अक्षयकोषबाट २०७८ को परिक्षाबाट भानु माबि अर्जुनधारा ५ का कक्षा १२ का बर्ष उत्कृष्ट विद्यार्थी ओमकुमार बिश्वकर्मा, गणेश आबि १ का उत्कृष्ट विद्यार्थी कक्षा ८ की आयुसा एक्तेन र स्मारिका नेपाललाई जनही तीन हजार नगदसहित ताम्रापत्रले सम्मान गरिएको थियो । 

त्यसैगरी बर्ष उत्कृष्ट कर्मचारीबाट अर्जुनधारा माबिका लेखापाल दिपक निरौला, शिक्षक जनता माबि का नारायण तुम्बाहाम्फे र कालिस्थान माबि का रेखा तिम्सिना र सहयोगी दाताहरु पूर्व प्रधानाध्यापक नगेन्द्र खनाल, चन्द्रमोहन उप्रेती, डाँगी प्रिटिङ प्रेसका सञ्चालक युवराज डाँगी, शिक्षक सुरेखा योङ्गयाङ्गलाई मायाको चिनासहित दोसल्ला ओडाएर ताम्रापत्रले सम्मान गरिएको थियो । 

 कार्यक्रममा नगर भित्रका दलित समुदायबाट उत्कृष्ट छात्र, छात्रा, कर्मचारी, शिक्षकहरुबाट एक जनालाई प्रोत्साहन स्वरुप प्रदान गर्ने गरि ५१ हजार शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख उप–सचिब तोयानाथ रेग्मीबाट कोषलाई प्रदान गरेका छन् । कोषलाई प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौलाले पाँच हजार एक सय प्रदान गरेका थिए । यसै क्रममा स्वर्गीय आछामेका बुबा हर्कबहादुर आछमे र पत्नी कुमारी आछमेलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियोे ।

सम्मानित हुनेलाई नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुन्य सुवेदी, कालिस्थान माबिका प्रधानाध्यापक इन्द्रप्रसाद उप्रेती लगायतले शुभकामना व्यक्त गरेका थिए । बिद्यार्थीहरुले सांगेतिक कार्यक्रममा समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रम राष्ट्रिय शिक्षक सगठन अर्जुनधाराका अध्यक्ष केदारनाथ पोखरेलको अध्यक्षता तथा शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख उप–सचिब तोयानाथ रेग्मीको प्रमुख आतिथ्य रहेको थियो । गणेश माबिका प्रधानाध्यापक लोकनाथ दाहालले कार्यक्रमको औचित्य तथा स्वागत गरेका कार्यक्रममको सहजीकरण सचिव दिपक भण्डारीले गरेका थिए । कार्यक्रममा दाता खड्ग गोलेलगायतको समेत उपस्थिति रहेको थियो ।