- राजु बराल
चन्द्रगढी ।
झापाको भद्रपुर १० चन्द्रगढी स्थित सेन्ट कुजुर एकाडेमीमा शुक्रबार निकिता राजवंशीको अध्यक्षतामा युवा रेडक्रस सर्कल गठन भएको छ।
नव गठित युवा रेडक्रस सर्कलको उपाध्यक्ष समीक्षा किस्कु, सचिव बिनिता कटुवाल, कोसाधक्ष्य आस्मा नेपाल, उप–सचिव अश्विन अधिकारी, उप–कोषाध्क्ष कन्चन भुजेल रहेका छन् । त्यस्तै सदस्यमा बिनय अधिकारी, रेचल टुडु, रोशनी बुढाथोकी, सुबिना शाक्य र प्रीतिका बास्के चयन भएका छन् ।
बिद्यालयका प्रीन्सिपल संरक्षक रहेको उक्त युवा रेडक्रस सर्कलको शिक्षक नायकमा राजु बराल र शिक्षक सह–नायकमा राधिका कोइराला रहेका छन् ।
नेपाल रेडक्रस सोसाइटी, भद्रपुरका सभापति गोपाल गिरीको प्रमुख आतिथ्यमा सम्पन सो कार्यक्रममा सेन्ट कुजुर एकाडेमीका शिक्षक राजु बरालले बिद्यालयका युवा रेडक्रस सर्कलको औचित्य बारे प्रस्ट पारेका थिए ।
बिद्यालयका शिक्षक पार्वती उप्रेतीले स्वागत गरेको कार्यक्रमको अध्यक्षता सेन्ट कुजुर एकाडेमी बाल क्लबका अध्यक्ष सुवास गौतम र सञ्चालन ममता कार्कीले गरेका थिए ।