बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आव्हान गरेको २८ जना कनिष्ठ सहायक पदका लागि एकहजार दुईसय जना परिक्षामा सामेल भएका छन् ।
संस्थाको झापा, मोरङ र इलामका ३० वटा सेवाकेन्द्रका लागि २८ जना कनिष्ठ सहायक पदको बिज्ञापन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक गरिएकोमा कालिकोटदेखि ताप्लेजुङसम्मका एक हजार २ सय जना परिक्षामा सहभागी भएको संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिए ।
गत जेठ १५ गतेदेखि जेठ मसान्तसम्म आवेदन माग गरिएकोमा पहिलो पटक यति धेरै संख्यामा आवेदन परेको संस्थाका सहायक प्रवन्धक सरोज दाहालले बताए । संस्थाले असार ९ गतेदेखि १२ गतेसम्म कम्प्युटरशीप परिक्षण परिक्षा सञ्चालन गरिरहेको पदपुर्ति समितिका सदस्य कृष्णप्रसाद पोखरेलले बताए । कम्यप्युटर शीप परिक्षण परिक्षा उत्र्तिण गर्ने परिक्षार्थीलाई असार १८ गते लिखित परिक्षामा सामेल गराइनेछ ।
कम्प्युटरशीसप परिक्षण परिक्षामा सामेल कालिकोटका काशीप्रसाद न्यौपानेले संस्थाले कनिष्ठ सहायक पदको बिज्ञापन निकालेको सामाजिक सञ्जालबाट थाहा पाएर कालिकोटबाट परिक्षा दिन झापा आएको बताए ।