काठमाडौं ।
बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइने भएको छ । बिहीबार (आज) देखि ५ देखि ११ वर्षसम्मका बालबालिकाहरुलाई विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको हो ।
बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ भने यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनु पर्ने हुन्छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको भन्दै ढुक्क भएर लगाउन आग्रह गरे ।
पहिलो चरणमा काठमाडौं उपत्यकासहित २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ भने दोस्रो मात्रा आगामी साउन २ देखि ८ गतेसम्म दिइने छ ।
बाँकी जिल्लामा भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ ।