बुट्टाबारी । 

 झापाको अर्जुनधारा नगरपालिका–११ को जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालयले नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत, बिदाई  तथा शुभकामना दिएको छ । 

बिद्यालयले भर्खरै सम्पन स्थानीय तहको निर्वाचनबाट अर्जुनधारा वडा न ११ का अध्यक्ष खगेन्द्र इङ्गनाम, सदस्यहरु सुशिला गिरी, सीता कनाल दर्जी, केशव अधिकारी, पुर्णबहादुर राईलाई शुभकामना र बिद्यालय ब्यवस्थापन समिति सदस्यमा जनप्रतिनिधि सुशीला गिरीलाई  स्वागत गर्दै पुर्ब वडा सदस्य बिद्यालय ब्यवस्थापन समिति सदस्य मोहनकुमार योगिलाई  स–धन्यवाद पत्र प्रदान गर्दै बिदाइ गरेको हो ।  एक महिने शिक्षक ओजेटिका लागि आएकी प्रशिक्षार्थी कन्चन परियारलाई अनुभवको पत्रसहित बिदाई  गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बन्दी सहायता नेपालकी अध्यक्ष एवम् जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालयकी सस्थापक इन्दिरा राना मगर, जनप्रतिनिधि सुशीला गिरी, मोहनकुमार योगी अम्बिका गुरुङ्ग लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए।  बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर मगरको अध्यक्षतामा  भएको  कार्यक्रममा स्वागत स्वागत शिक्षक गितादेबी खरेल र सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।