झापा । 

जिल्ला भलिवल संघ ताप्लेजुङ पाँचौ अधिवेशनले विमल भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत् चयन गरेको छ ।  

समितिको उपाध्यक्षमा प्रेमाहित लिम्बु, महासचिवमा अशोककुमार आङबुहाङ र कोषाध्यक्षमा देउमाया ओझा निर्विरोध चयन भएका नेपाल भलिवल संघ केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं. १ निर्वाचन संयोजक मदन खड्काले जानकारी दिए । 

त्यस्तै सदस्यमा थर्ककुमार चोङवाङ (दिक्स), दिलकुमार फुरुम्बो (लिम्बु), दिलेन्द्र राई, दुर्गाराज लिम्बु, गिरीराज श्रेष्ठ र दावानुपु शेर्पा निर्बिरोध चयन भएका छन् । प्रदेश प्रतिनिधिमा डम्बरबहादुर लङ्वा र शिव तोलाङ्गी र केन्द्रिय प्रतिनिधिमा थर्ककुमार चोङवाङ (दिक्स) छनौट भएका छन् । 

संघका ताप्लेजुङ निवर्तमान अध्यक्ष दिवस लिम्बुको अध्यक्षतामा भएको अधिवेशनमा फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनको प्रमुख आतिथ्य रहेको  थियो । 

प्रदेश अधिवेशनका लागि प्रत्येक जिल्लाबाट दुईजना र केन्द्रिय अधिवेशनका लागि एकजना प्रतिनिधि समेत छनौट गरिने छ । प्रदेशको अधिवेशन आगामी असार १० गते हुनेछ भने त्यसका लागि असार ७ गतेसम्ममा प्रदेश नं. १ का १४ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्ने केन्द्रिय सचिव खड्काले बताएका छन् । 

कार्यक्रममा जिल्ला खेलकूद समिति ताप्लेजुङका पूर्व अध्यक्ष तेजप्रसाद सुब्बा, ऐश्वर्यराज थापालगायतको उपस्थिति रहेको थियो ।