झापा । 

जिल्ला भलिवल संघ पाँचथरको अध्यक्षमा बविन चौहान सर्वसम्मत् चयन भएका छन् ।  संघको आज (मंगलबार ) भएको पाँचौ अधिवेशनले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा बेदप्रसाद श्रेष्ठ र कोपिला उप्रेती, महासचिवमा कमल तुम्रोक, र कोषाध्यक्षमा सुजन पुरी निर्विरोध चयन भएका नेपाल भलिवल संघ केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं. १ निर्वाचन संयोजक मदन खड्काले जानकारी दिए ।  त्यस्तै सदस्यमा बसन्त आङ्देम्बे, प्रभा काम्वाङ, जुनु केरुङ, नरेन्द्र थापा र कबिर तुम्बाफो निर्बिरोध चयन भएका छन् । 

प्रदेश अधिवेशनका लागि प्रत्येक जिल्लाबाट दुईजना र केन्द्रिय अधिवेशनका लागि एकजना प्रतिनिधि समेत छनौट गरिनेछ । प्रदेशको अधिवेशन आगामी असार १० गते हुनेछ भने त्यसका लागि असार ७ गतेसम्ममा प्रदेश नं. १ का १४ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्ने केन्द्रिय सचिव खड्काले बताएका छन् । 

संघका पूर्व अध्यक्ष महेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिवल संघ केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं. १ निर्वाचन संयोजक मदन खड्काको उपस्थितिमा रहेको थियो । 

त्यसैगरी जिल्ला भलिवल संघ उदयपुरको पाँचौ अधिबेशनले सन्तोष रोक्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको नेपाल भलिवल संघ केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं. १ निर्वाचन संयोजक मदन खड्काले जानकारी दिए । अधिवेशनको संघका निवर्तमान अध्यक्ष प्रथमलाल चौधरीको अध्यक्षतामा भएको थियो ।