बिर्तामोड । 

झापा बिर्तामोड नगरपालिका ५  मा रहेको एमिटी एजुकेशन फाउन्डेसनमा उद्घोषण सम्बन्धी कक्षा शुरु भएको छ। विद्यार्थीहरुको वाककला र क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बिद्यालयले जनाएको छ । 

कक्षा ६ देखि १०  सम्मका विद्यार्थीहरुको सहभागिता रहेको तालिममा सञ्चारकर्मी सरोज पौडेलले सहजीकरण गरेका छन् ।  तालीममा बालबालिकासँग भएका आन्तरिक क्षमता लाई उजागर गर्न प्रेरित गर्ने उदेश्य कक्षा सञ्चालन गरिएको हो । 

 विद्यार्थीहरुमा भएको क्षमता उजागर गर्दै चौतर्फी बिकासमा बिद्यालयले कुनै कसुर बाकिँ नराख्ने र बालबालिकालाई किताबी ज्ञान मात्र नभएर अतिरिक्त विषयमा अग्रसर गराउन उद्घोषण कक्षा सञ्चालन गरिएकोबताइएको छ ।