झापा । 

जिल्ला भलिवल संघ इलामको अध्यक्षमा प्रविन गुरुङ  चयन भएका छन् ।  संघको दोस्रो जिल्ला अधिवेशनले गुरुङको अध्यक्षतामा ११ नयाँ कार्य समिति चयन गरेको हो । 

त्यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा राजकुमार खाती र योगेन्द्र सुवेदीलाई छनौट गरेको नेपाल भलिवल संघ केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं. १ निर्वाचन संयोजक मदन खड्काले बताएका छन् । 

प्रदेश अधिवेशनका लागि प्रत्येक जिल्लाबाट दुईजना र केन्द्रिय अधिवेशनका लागि एकजना प्रतिनिधिसमेत छनौट गरिने छ । प्रदेशको अधिवेशन आगामी असार १० गते हुनेछ भने त्यसका लागि असार ७ गतेसम्ममा प्रदेश नं. १ का १४ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्ने केन्द्रिय सचिव खड्काले बताएका छन् । 

जिल्ल भलिवल संघ इलामका पूर्व उपाध्यक्ष राजकुमार खातीको अध्यक्षतामा भएको कार्याक्रममा इलाम नगरपालिकाका मेयर केदार थापाको प्रमुख आतिथ्य रहेको थियो भने संघका केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं. १ निर्वाचन संयोजक मदन खड्काको बिशेष आतिथ्य रहेको थियो ।