हल्दीबारी । 

नेपाल शिक्षक संघ हल्दीबारी गाउँ कार्य समितिले  आफ्ना समस्या र मागहरूको बिषयमा १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । संघले हल्दीबारी गाउँपालिकामा अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देलाई आइतवार ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्रमा उल्लेखित बुदाहरूमा बाल शिक्षकहरूलाई प्रा बि सरहको सेवा सूबिधा उपलब्ध गराउनु पर्ने, बिद्यालय कर्मचारीलाई लेखापालको सरह सेवा सुबिधा दिनुपर्ने, बिद्यालय सहयागीहरूलाई राष्ट्र सेवक कर्मचारी, कार्यालय सो सरहको सुबिधा दिनुपर्ने, आ.व. ०७९/०८० को बजेट ब्यबस्थापनमा बाल शिक्षक बिद्यालय कर्मचारी र बिद्यालय सहयोगीहरूलाई सम्बोधन नगरेकाले स्थानीय स्तरबाट सम्बोधन गर्नुपर्ने, स्थानीय सरकारबाट प्रदान गरिएका कम्प्युटर शिक्षक, विज्ञान शिक्षक र बाल शिक्षकहरूलाई आव ०७९/०८०को बजेटले वृद्धि गरेको तलब बढाउनु पर्ने, हल्दीबारी भित्रका सबै सामुदायिक बिद्यालयहरूमा खानेपानी विस्तार गरि निःशुल्क उपलब्ध गराउनुपर्ने छन् ।

त्यस्तै बिद्यालय ब्यबस्थापन खर्च स्थानीय तहले उपलब्ध गराउनुपर्ने, जिर्ण अवस्थामा रहेका बिद्यालय भवनका जस्तापाताहरूलाई विस्थापन गरि नयाँ जस्तापाता फेर्नुपर्ने ,निजामती कर्मचारी सो सरह शिक्षक तथा कर्मचारीहरूलाई मासिक रूपमा तलब खुवाउने काम गर्नुपर्ने  र कक्षा १२ सम्म सञ्चालन भएका बिद्यालयहरूलाई बिषय शिक्षकको ब्यबस्था गर्नुपर्ने उल्लेख छ।

ध्यानाकर्षण पत्रमा नेपाल शिक्षक संघ हल्दीबारी शिक्षाको गुणस्तर वृद्धिमा कुनै कसर राख्ने छैन भनी प्रतिबद्धता समेत जाहेर गरेको छ। उक्त पत्र बुझाउने कार्यक्रममा नेपाल शिक्षक महासंघ प्रदेश सदस्य सोमबहादुर तामाङ, संघका जिल्ला सदस्य गङ्गाराम खरेल शिक्षक महासंघ, हल्दीबारी सचिव बोधकृष्ण पौडेललगायत प्रतिनिधि मुलुक उपस्थित रहेको थियो। पत्रमा संघ हल्दीबारी गाउँकार्य समिति अध्यक्ष कृष्णप्रसाद वन तथा सबिच नरनाथ राजवंशीले हस्ताक्षरित छ । ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले बुझ्दै आफ्नो यो बिषयमा गम्भीरतापूर्वक लिने बताए ।