हल्दिबारी ।
दीपेन्द्र आधारभूत बिद्यालयका संस्थापक प्रधानाध्यापक दीर्घराज आचार्यलाई बिदाई गरिएको छ । आचार्यले उक्त बिद्यालयमा ३४ बर्ष ४ महिना ४ दिन सेवा गरेर सेवा निबृत्त भएपछि उनलाई बिदाई गरिएको हो ।
आचार्य २०४४ फागुन ७ गते स्थापना भएको बिद्यालयमा २०४५ बैशाख २१ गते एकजना दरबन्दीसहित कक्षा १ स्विकृत गराएर बिद्यालयमा ज्ञानको ज्योती छर्दै आएका थिए । उनले लोपोन्मुख मेचे जातीको बाहुल्यता रहेको हल्दिबारी ४ ऐनाबारी भूगोलमा मैनबत्ती बनेर ज्ञानको ज्योती छर्दै हालसालै कक्षा–६ को अनुमति प्राप्त गराएका छन् ।
बिद्यालयका पूर्व बिद्यार्थी, भु.पु., बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष तथा नेकपा एमालेका हल्दिबारी ४ का अध्यक्ष रञ्जित मेचेको अध्यक्षतामा बिदाई कार्यक्रम भएको थियो । कार्यक्रममा पूर्व बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बिशुलाल मेचे, छवि चुडाल, स्थानिय अभिभावक, बुद्धिजीवी, बिद्यार्थी शिक्षक तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रअ आचार्यको सम्मानमा रर्यालीले हल्दीबारीका चोक चोकको परिक्रमा गरि उनको घरसम्म पुर्याएको थियो । आचार्य सानो स्वर र मिलनसान स्वभाव, कर्मशील ,धार्मिक तथा बौद्विक ब्यक्तित्व,ईमानदार र असल शिक्षक थिए ।