भद्रपुर । 

जिल्ला भलिवल  संघ झापाको पाँचौ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । बुधवार भद्रपुरस्थित जिल्ला खेलकूद  विकास समिति झापाको कार्यालमा भएको अधिवेशनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । 

अधिवेशनले जिल्ला भरिवल संघ झापाको अध्यक्षमा पुनः शैलेन्द्र श्रेष्ठलाई सर्वसम्मत् चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण खड्का र राजु पाठक, महासचिवमा खडानन्द खतिवडा र कोषाध्यक्षमा इन्द्र बुढाथोकीलाई सर्वसम्मत् चयन गरेको छ । 

त्यस्तै सदस्यमा उमा सुब्वा, प्रमोद पाण्डे, जय श्रेष्ठ, गजेन्द्र ताम्लि, भिष्म उप्रेती र निर्मल बास्तोला निर्विरोध चयन भएको नेपाल भलिवल संघ केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं. १ निर्वाचन संयोजक मदन खड्काले जानकारी दिए । 

प्रदेश अधिवेशनका लागि प्रत्येक जिल्लाबाट दुईजना र केन्द्रिय अधिवेशनका लागि एकजना प्रतिनिधिसमेत छनौट गरिने खड्काले बताए । उनका अनुसार झापाबाट प्रदेश प्रतिनिधिमा गजेन्द्र ताम्ली र भिष्म उप्रेती छनौट भएका छन् भने केन्द्रका लागि जय श्रेष्ठ प्रतिनिधिका रुपमा छनौट भएका छन् । 

प्रदेशको अधिवेशन आगामी असार १० गते हुनेछ भने त्यसका लागि असार ७ गतेसम्ममा प्रदेश नं. १ का १४ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्ने केन्द्रिय सचिव खड्काले बताएका छन् । 

नेपाल भलिवल संघका केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं. १ निर्वाचन संयोजक मदन खड्काको अध्यक्षतामा भएको अधिवेशनमा जिल्ला खेलकूद  विकास समिति झापाका अध्यक्ष भेसराज भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।