बिर्तामोड ।
झापाको बिर्तामोडको मनकामना माध्यमिक बिद्यालयले विद्यार्थीहरुको सदन समूहको नेतृत्व चयन गर्न चुनाव गरेको छ । विद्यार्थीहरुको नेतृत्व चयन तथा मतदान सम्बन्धि ज्ञान प्रदान गर्ने उदेश्यले विद्यालयमा मतदान प्रक्रिया गरेको हो ।
बिद्यालयमा अध्यनरत ३ सय ७१ विद्यार्थीहरु मतदानमा सहभागी रहेका थिए । प्रक्रियागत निर्वाचन सम्बन्धिको जानकारी, नेतृत्व चयनमा जनचेतना सहितको सृजनात्मक अभ्यासले प्रभावकारी भुमिका खेल्ने पर्यवेक्षक कुमार थपलियाले बताए ।
आगामी पुस्तालाई सबल बनाउन र असल नागरिक बन्ने बालबालिका भएकोले विद्यालय स्तरबाट नै प्रयोगात्मक मतदान शिक्षा आवश्यक रहेको बिद्यालयका प्रधानाध्यापक केशव ढुङगाना बताए ।
कार्यक्रममा निर्वाचन आयोग भद्रपुरका प्रतिनिधि बिर्तामोड वडा नम्बर १ का वडा सदस्य योगचन्द्र आङ्बुहाङ्ग देवीचरण भण्डारी, बिर्तामोड ट्राफिक प्रहरीका एएसआई, हिमाल पौडेल ,बालक्लब फोकल पर्सन सरिता पौडेल लगाायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका अध्यक्ष सरोज पौडेलले सहजीकरण रहेको निर्वाचन कार्यक्रममा क्याप्टेनमा गृन हाउस सन्देश मगर, भाईस क्याप्टेन प्रज्वल बराईली, रेड हाउस स्मारिका बर्देवा, प्रशान्त श्रेष्ठ ब्लु हाउस गरिमा हजाम रोजिना खत्री यल्लो हाउस स्वीकृति बास्तोला, रितिका खड्का बिजयी भएको आयोग प्रमुख थपलियाले जानकारी दिए ।