- राजु बराल
चन्द्रगढी ।
सस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु) झापाको जिल्ला अधिबेशन आगामी भाद्र १८ गते हुने भएको छ । इस्टुले झापाको सुरुङ्गामा शनिबार(आज) बसेको बैठकले उक्त निर्णय गरेको हो ।
इस्टुका केन्द्रिय कमिटीका सचिव यादव अधिकारी, केन्द्रिय सदस्य दिपक भट्टराई र प्रदेश १ का सह–सचिव राजु बरालको उपस्थितिमा सम्पन्न सो बैठकले अध्यक्ष होमराज खतिवडा रहेको जिल्ला कमिटीलाई नै जिल्ला अधिबेशन आयोजक समिति बनाउने निर्णय गरेको छ ।
झापा जिल्ला भित्र कतिपय निजि बिद्यालयले सार्वजनिक बिदाका दिनमा बिद्यालय सञ्चालन गरेको देखिएकोले सो दिन शिक्षक, कर्मचारीलाई बिदा दिन सम्बन्धित पक्षलार्इ सचेत गराउने समेत सो बैठकले निर्णय गरेको अध्यक्ष होमराज खतिवडाले बताए।