अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित मातामन्दिर छेउमा सम्पूर्ण सेवा सुबिधासहितको क्लिनिक सञ्चालनमा आएको छ । १४ बर्षदेखि स्वास्थ्य सेवामा अनुभव बटुलेका डा.रबिन्द्र लाल दास र डा. सिमाकुमारी सिन्हा दासले आर एण्ड आर डाइग्नोष्टिक सेन्टर शुक्रवार (आज) देखि सञ्चालनमा ल्याएका हुन् । 

सेन्टरको उद्घाटन डा.रविन्द्रका पिता ७८ बर्षिय उमेशचन्द्र लालदास, छोरीहरु रेबिका र रेचना दासले संयुक्त रुपमा गरेका हुन् । ‘डे केयर क्लिनिक’ अन्र्तगत बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा उपलब्ध हुने डा.रबिन्द्रले जानकारी दिए । 

उक्त सेन्टरमा फिजिसियन, बालरोग, हार्डजोर्नी, गाइनो, नाक, कान, घाटी, भिडियो एक्सरे, इसीजी, भारतको सेरम कम्पनीको ल्यावलगायतका सेवाहरु उपलब्ध हुने जनाइएको छ । साथै आगामी दिनमा सेन्टरले कार्डियोलोजी, इन्डो टेक्नोलोजी, न्यूरो, बाँझोपन जस्ता सेवा पनि सञ्चालनमा ल्याउने उदेश्य राखेको डा.रबिन्द्रको भनाई छ । 

करिब २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै सेन्टर सञ्चालक तथा डा. रबिन्द्रले उद्घाटनको अवसरमा ओपिडि सेवा निःशुल्क साथै ल्याब, भिडियो एक्सरे र इसीजीमा बिशेष छुटको ब्यवस्था भएको बताइएको छ । आफ्नो अनुभव र स्थानीयको स्वास्थ्य सेवा सुबिधाका लागि क्लिनिक सञ्चालनमा ल्याएको डा. रबिन्द्रले बताएका छन् । 

उनका अनुसार डा.पोषणरमण त्रिपाटी, डा.रबिन्द्र लाल दास, डा.धिरज गिरी, डा. सिमाकुमारी सिन्हा दास, डा.यु विजय महतलगायतले क्लिनिकमा दैनिक सेवा दिनेछन् ।  

कार्यक्रममा फार्मेसी सञ्चालक खेमराज बस्नेत, ब्यवसायी तथा समाजसेवी बिबेक अग्रवाल, दिपचन अग्रवाल, राम उप्रेती, ल्याव टेक्निसियन बिक्रम गुप्तालगायतले शुभकामना दिएका थिए ।