लक्ष्मीपुर ।
झापाको बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको चारबर्षे कार्यकालको लागि नेतृत्व चयन भएको छ ।
केहीदिन अघि सर्वसम्मत् अध्यक्षमा हरिबहादुर राजवंशी चयन भएका थिए भने अन्य पदको टुङ्गो हिजो (मंगलवार) लगाइएको हो । सवै पदको निर्विरोध टुङ्गो लगाएपछि आज (बुधवार) नयाँ कार्य समितिलाई सपथ ग्रहण गराएको साकोसका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिएका हुन् ।
त्यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद निरौला, महिला उपाध्यक्षमा पवित्रा लिम्बु, प्रथम उपाध्यक्षमा छविलाल खतिवडा, द्धितिय उपाध्यक्षमा ज्ञानुनाथ मैनाली, कोषाध्यक्षमा डम्वरबहादुर देउजा र सह–कोषाध्यक्षमा नेत्रबहादुर नेपाल सर्वसम्मत् चयन भएका छन् ।
त्यस्तै सदस्यमा भिमबहादुर खवास, भोला धिताल, लक्ष्मीप्रसाद आचार्य, शंकरप्रसाद रिजाल, पार्वता गिरी, बिन्दु श्रेष्ठ, नर्वदा संग्रौला र गुहेश्वरी कार्की सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा उपेन्द्रप्रसाद ओली, सदस्यमा पर्शुराम कठेत र शंकर सुवेदी निर्विरोध चयन भएका छन् । सर्वसम्मत् चयन भएका कार्यसमिति सदस्य तथा लेखा सुपरिवेक्षण समितिलाई आज सपथ ग्रहण गराइएको जनाइएको छ ।