बिर्तामोड।
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई तनाव व्यवस्थापन सम्वन्धी एक दिने उत्प्रेरणा तालिम सञ्ंचालन गरेको छ ।
कोरोना कहरका कारण व्यवसाय केही हदसम्म उठदै गएता पनि तरलता अभावले लगानी बन्द हुनु र व्यापार व्यवसाय घटदै जानु, बैक व्याज बढ्दै जादा व्यवसायी सदस्यहरुलाई व्ययभार बढदा चिन्ता वढेको भन्दै त्यसलाई कम गराउने उदेश्यलेतालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए ।
बचत तथा ऋण सहकारी संस्था भएता पनि अहिलेको अवस्थालाई मध्य नजर गरेर सदस्यहरुलाई सकारात्मक सोच विकास गराउने उदेश्यले उत्प्रेरणा कार्यक्रम अत्यन्त फलदायी भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सदस्य गणेश ढकालले बताए ।
कार्यक्रममा चेम्वरअफ कर्मशका केन्द्रिय सदस्य ओमकृष्ण बिमली, नेपाल उद्यमशिल महिला संघकी अध्यक्ष पार्वता बिमली खरेलको समेत आतिथ्यता रहेको थियो । मोटिभेसनल कार्यक्रमको सहजकर्ता लाईफ कोच डिआर पराजुलीले गरेका थिए । कार्यक्रमको संचालन सह–सचिव तारा खतिवडाले गरेका थिए ।