काठमाडौं । 

 वैदेशकि रोजगार विभागले बैदेशिक रोजगारका लागि जाने नेपाली कामदारको संख्या घटेको जनाएको छ । विभागले दिएको जानकारी अनुसार गत वैशाख महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या साढे १० हजारले घटेको हो । 

 वैशाख महिना भर बैदेशिक रोजगारीको लागि नेपालीको संख्या ४५ हजार चार जना रहेको विभागले जनाएको छ । चैत महिनामा ५५ हजार ५ सय २३ जना नेपाली रोजगारीका लागि विदेशियाका थिए ।

फागुनमा भन्दा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले घटेको थियो ।