बिर्तामोड । 

झापाको बिर्तामोडमा बलात्कृत तथा उत्पीडन महिलाका लागि न्याय माग्दै युवाले प्रदर्शन गरेका छन् ।  सोशियल वेलवेयर फाउण्डेशन झापाको आयोजनामा अहिलेसम्म अन्यायमा परेका महिलाहरुको न्यायको माग गर्दै जनचेतना मुलक नाटक मार्फत प्रदर्शन गरिएको हो ।

सोशियल वेलवेयर फाउण्डेशनका अध्यक्ष विवेशक साह, सदस्य पुजा सेवेदीलगायतका युवाहरुले बिर्तामोडमा जनचेतना जगाउने उदेश्यले नाटक प्रदर्शन गरेका थिए । 

सोशियल वेलवेयर फाउण्डेशन एक गैर–नाफा, गैर–लाभकारी, धर्मनिरपेक्ष संस्था हो । जसले बालबालिका र महिलाको अधिकारलाई बढावा दिन्छ ।  बलात्कार अन्त्य गर्ने लक्ष्य राख्दै पीडित बालिका र महिलालाई न्याय प्रदान गर्न र पीडकहरू विरुद्ध आवाज उठाउन काम गर्दछ ।  समाजमा सकारात्मक परिवर्तन ल्याउने आन्दोलनमा संलग्न रहँदै आएको छ । 

यो संस्थाले बालबालिका र महिला विरुद्ध हुने यौनजन्य तथा अन्य प्रकारका शोषणबाट मुक्त समाज  चेतनामूलक अभियान सञ्चालन गर्ने गरेको अध्यक्ष साहले बताएका छन् । 

संस्थाले निर्मला जस्तै सम्पूर्ण दिदी बहिनीलाई समेटेर आवाज उठाउन खोजेको हो । महिला हिंसा को विरुद्धमा, बलात्कृतको न्यायको लागि बिर्तामोडस्थित मुक्ति चोक मा प्रदर्शन गरेको छ ।