चारपाने ।
झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ ।
साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र बिराटनगरको नोबेल अस्पताल तथा के एमसि मेडिकल कलेजका डा. सुनिल शर्मा बीच साकोसका सदस्यहरुको स्वास्थ्य सेवाका लागि सम्झौता भएको हो ।
साकोसको तर्फबाट कार्यकारी प्रमुख गिरी र अस्पतालको तर्फबाट डा. शर्माले सहारा नेपाल साकोसका सदस्यहरुलाई आदान–प्रदान हुने स्वास्थ्य सेवाको सम्झौता पत्रमा बुधवार(आज) हस्ताक्षर गरेको साकोसका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिएका छन् ।