बिर्तामोड । 

यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० झापाको बिर्तामोडमा सार्वजनिक भएको छ । यामाहाको नयाँ मोटरसाइकल झापाका लागि आधिकारिक बिक्रेता बिर्तामोडको सयपत्री ट्रेड लिंकले बुधवार (आज) बिक्री वितरण शुरु गरेको हो । 

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले एफ जेड एक्स १५० को बिर्तामोडस्थित  सयपत्री ट्रेड लिंक मार्फत सार्वजनिक गरेको छ । 

बिर्तामोड उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले संयुक्त रुपमा नयाँ मोटरसाइकलको सार्वजनिक गरेका हुन् । 

कम्पनीका एरिया सेल्स मेनेजर अश्विन बुढाथोकीका अनुसार एफ जेड एक्स १५० यामाहाको पहिलो ‘नियो रेट्रो’ वाइक हो । 

कम्पनीका अनुसार एफ जेड एक्स १५० यामाहाको पहिलो निपो रेट्रो बाइक हो । जुन एलसिडी मिटर र ब्लुटुथ कनेक्ट जस्ता स्मार्ट सुविधा र क्लासिक डिजाइन सहित तयार पारिएको छ । ‘राइड फ्री’ अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरि स्वतन्त्र सहज र आरामदायी यात्रा गर्न रुचाउने बाइक प्रेमिहरूलाई लक्षित गरि तयार पारिएको कम्पनीले जनाएको छ ।

यामाहाका अन्य मोटरसाइकलहरू भन्दा केही फरक प्रयोजनका लागि तयार पारिएको यस मोटरसाइकलको हरेक डिटेल चालकलाई विशेष ध्यानमा राखि तयार पारिएको कम्पनीको दाबी छ ।

उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको टु लेबल सिट, बलियो ब्लक प्याट्रन टायर, फ्रण्ट फोर बुटका साथ स्थर टेलिस्कोपी सस्पेन्सन र ब्लुटुथ कनेन्ट जस्ता विशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाईएको कम्पनीका सेल्स् एरिया मेनेजर बुढाथोकीले जानकारी दिए । 

डिआरएलका साथ वाई फङसनल एलईडी हेडलाइट र ओभल रोपको इलईडी रिङ टेललाइटले बाइकको भिजुअललाई थप आकर्षक प्रदान गरेको सयपत्री ट्रेडलिंकका सञ्चालक बिनोद बस्नेतले बताए । तीन वटा कलरमा उपलब्ध एफ जेड एक्स १५० को मूल्य ४ लाख २६ हजार नौसय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । बाइक सार्वजनिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।