काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार (आज) प्रतिनिधि सभाको बैठकमा उक्त बजेटको आकार प्रस्तुत गरेका हुन् ।
सरकारले प्रस्तुत गरेको बजेटमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा प्रस्तुत बजेट भाषण तलब वृद्धिको घोषणा भएको हो । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ । अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् ।
त्यस्तै खाना पकाउने एलपीजी ग्यासको मूल्य भने बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि एलपीजी ग्यासमा दिँदै आएको अनुदान हटाउने घोषणा गरेसँगै मूल्य बढ्ने भएको हो । हाल सरकारले एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ अनुदान दिँदै आएको थियो । हाल उपभोक्ताले ग्यास सिलिन्डर खरिद गर्न १८०० रुपैयाँ दिदै आएका छन् भने जुन, मूल्य अब बढ्ने भएको हो ।
सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । बजेट वक्तव्यमार्फत उक्त घोषणा भएको हो ।
सरकारले सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन डायलासिस मेसिन खरिद गर्न २० करोड विनियोजन गरेको छ । सरकारले विपन्न मिर्गौला रोगीहरुलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ ।