बिर्तामोड । 

बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन ,बाल शिक्षक संगठन र बिद्यालय कर्मचारी परिषद बिर्तामोड नगर कमिटीले संयुक्त रूपमा  नगर प्रमुख उप–प्रमुख वडाध्यक्षलाई सम्मान गरेका हुन् । 

 कार्यक्रममा नगर प्रमुख पबित्रा महतरा प्रसाईं उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अबको पाँच बर्ष शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने र शिक्षामा आमूल परिवर्तन गर्न सकृयता पुर्वक योजना निर्माण गरि काम अगाडि बढाउने बताए । नगर प्रमुख प्रसाईले सानो बजेटमा धेरै काम गर्नु पर्ने भएकाले शिक्षक र बालबालिकाका विषय आफुहरु गम्भीर भएर मेरो बिद्यालय म बनाउछु अभियान संचालन गरिने बताइन् ।

 नगर कमिटी अध्यक्ष भण्डारीले राज्यले कर्मचारीको मनोबल उच्च राख्न प्रोत्साहन गर्नु पर्ने र बाल शिक्षक, कर्मचारीको उचित मुल्याङ्कन गर्न स्थानीय सरकारले विशेष पहल गर्न आग्रह गरे । बिर्तामोड नगरपालिकामा हाल १८ वटा सामुदायिक बिद्यालय सञ्चालनमा रहेका छन् जसमा ५२ जना बाल शिक्षक कार्यरत रहेका छन् । कार्यक्रम संचालक  सचिव गोबिन्द न्यौपानेले गरेका थिए।