झापा । 

संयुक्त अरव इमिरेट्स दुवई भ्रमणमा रहेका झापाको बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई ब्यवसायीक भेटघाटपछि गत शनिवार दुवई पुगेका प्रसाई भ्रमण पूरा गरि शनिबार(आज) नेपाल फर्किदैछन् । 

दुवई भ्रमणका क्रममा प्रसाईले त्यहाँका महत्वपूर्ण व्यक्तित्वहरुसँग भेटवार्ता तथा छलफल गरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले जानकारी दिए । 

भ्रमणका क्रममा  शेख़ मोहम्मद जुमा मकतूम अल्मकतूमले प्रसाईको स्वागतमा शुक्रबार नाद आल शिबामा रहेको आफ्नै निजि फार्म हाउसमा रात्रिभोजको आयोजना गरेका थिए ।

 अल्मकतूमको तर्फबाट रात्रिभोजका लागि निमन्त्रण पाउने प्रसाई पहिलो नेपाली हुन् । रात्रिभोजका क्रममा प्रसाई र अल्मकतूमबीच शिक्षा र स्वास्थ्यका क्षेत्रमा के कस्तो सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा महत्वपुर्ण बिचारहरु आदान प्रदान जनाइएको छ ।  प्रसाईको काम नियालिरहेका अल्मकतूमले भेट गर्न पाउँदा आफूलाई खुशी लागेको पनि बताए । रात्रिभोजमा कार्यक्रममा प्रसाई, उनका छोरा निराजन प्रसाई, सहयोगी प्रोमिस गिरी, रिजवान आलम लगायतको समुह सहभागि भएको थियो ।

यस्तै प्रसाईले दुवईका अधिराजकुमार मोहम्मद बिन जुमा अल मकतुम र दुबई विकास प्राधिकरणका कार्यकारी निर्देशक खालिफ शेखर महम्मदसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटमा दुबई विकास प्राधिकरणका कार्यकारी निर्देशक र दुवईका अधिराजकुमारद्धारा प्रसाईले नेपालमा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा पनि गरे ।

दुवईमा रहदा प्रसाईले दुबई विकास प्राधिकरणका कार्यकारी निर्देशकसँग नेपालको जडिबुटीलाई दुबईको बजारमा प्रवर्द्धन गर्ने, नेपालको कृषि उपज तथा हिमाली पानीलाई मिनरल वाटरको रुपमा बार्षिक २ खर्ब सम्मको निर्यात गर्ने लगायतका बिषयमा गम्भीर छलफल भएको उनका सहयोगीले जानकारी गराए ।

छलफलको क्रममा दुबई विकास प्राधिकरणका कार्यकारी निर्देशक महम्मदले जडिबुटीलाई दुबईको बजारमा प्रवर्द्धनका लागि आफ्नो सरकारले सहयोग गर्ने पनि प्रतिवद्दता जनाएको बताइएको छ । 

प्रसाईले अधिराजकुमार मोहम्मद बिन जुमा अल मकतुमलाई नेपालका मनोरम ठाँउहरुको भ्रमणका लागि निमन्त्रण समेत गरेको निमान्त्रण स्वीकार गरी छिट्टैनै नेपाल भ्रमण गर्ने साथै प्रसाई द्धारा संचालित बि एण्ड सी, पुर्वाञ्चल क्यान्सर अस्पताल समेत अवलोक गर्ने अधिराजकुमारले भेटवार्ताका क्रममा बताएको जनाइएको छ ।