उदयपुर । 

उदयपुरको कटारी नगरपालिका–११ गोठ डाँडाकी ४५ बर्षीया भक्तकुमारी बुढाथोकीको चट्याङले लागेर मृत्यु भएको छ ।

आईतवार बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङले लागेर घाईते भएकी बुढाथोकीलाई उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक बुढाथोकीलाई उपचारका लागि  कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा साँढे १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।