बिर्तामोड । 

सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड –४ ले मोवाइल बैंकिङ सेवा शुरु गरेको छ । संस्थनले बिर्तामोडमा कार्यक्रमका गरी मोवाइल बैंकिङ सेवा शुरु गरेको जानकारी दिएको हो । 

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतको अध्यक्षता तथा संस्थाका उपाध्यक्ष किरण कपुरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनशक्ति बिभाग प्रमुख मिनबहादुर अधिकारीले स्वागत गरेका थिए ।

कार्यक्रममा कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले औचित्यमाथि प्रकाश पार्दै प्रविधिको उच्चतम् प्रयोग गर्दै आफ्ना शेयर सदस्यको सुविधालाई ध्यानमा राखेर मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको बताए । उनले गुगल प्लेस्टोरबाट ‘सिम्रिक मोवाइल एप’डाउनलोड गरी मोबाइल बैंकिङ सुविधा लिन सकिने जानकारी दिए ।

कार्यक्रममा एम बैंकका विजनेस अफिसर संजय महासेठले संस्थाका कर्मचारीलाई ‘सिम्रिक मोवाइल एप’डाउनलोड गरी लिन सकिने मोबाइल बैंकिङ सुविधाको बारेमा जानकारी गराएका थिए ।  ‘सिम्रिक मोवाइल एप’ मार्फत मोबाइल बैंकिङ सेवाका लागि सदस्यहरुले आफू सदस्य रहेको कार्यालयमा गएर मोबाइल बैंकिङ सेवाका लागि प्रकृया पुरा गरे पश्चात सेवा प्राप्त गर्न सक्ने संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताए ।

त्यस्तै सदस्यहरुलाई ‘सिम्रिक मोवाइल एप’चलाउन, बुझ्न र डिजिटल भुक्तानी प्रक्रियामा जोडिन संस्थाका अध्यक्ष सुवास भट्टराईले आग्रह गरेका छन् । अब शेयर सदस्यले घरमै बसेर ‘सिम्रिक मोवाइल एप’ मार्फत मोबाइल बैंकिङ सेवा लिन सक्ने र यसो गर्दा समय को समेत बचत हुने भएकाले मोबाइल बैंकिङ सेवा शेयर सदस्यका लागि उपयोगी हुने उनले बताए । कार्यक्रमको सञ्चालन तालिम बिभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।