बिर्तामोड ।
गठबन्धनका तर्फबाट गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बिर्तामोड नगरपालिकाबाट उपमेयर पदमा पराजय भएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सीपी कडरियाले जनताले चाहादा चाहँदै पनि प्राविधिक त्रृटिका कारण पराजय हुनु परेको बताएका छन् ।
माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य तथा झापा सह–इन्चार्ज समेत रहेका नेता कडरियाले निर्वाचनमा नेपाली कांग्रेस भित्रको बर्षौदेखिको घात अन्तरघातका कारण पनि बिर्तामोडमा गठबन्धनका तर्फबाट मेयर तथा उपमेयर पदका उम्मेद्वारले हार व्यहोर्नु परेका बताएका छन् । उनले माओवादी केन्द्रको भोट सतप्रतिशत गठबन्धनलाई गएपनि नेपाली कांग्रेसको सत् प्रतिशत मत गठबन्धनलाई नआएको कारण पनि मेयर र उपमेयरले हारको सामना गर्नु परेको बताएका छन् ।
कडरियाले आइतवार बिर्तामोड–४ आनन्दगञ्जस्थित आफ्नै निजि निवासमा पार्टीका १० वटै वडाका नेता तथा कार्यकर्तासहित प्रदेश, जिल्लाका नेताहरुसँग अनुभव तथा अनुभूति आदान–प्रदान कार्यक्रमको आयोजना गर्दै त्यस्तो बताएका हुन् । कार्यक्रममा प्रदेश, जिल्ला र नगरका १५० वढि नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
‘खासगरी मेयर र उपमेयरको हकमा भन्नुपर्दा तपाईहरुको यो जित सिङ्गो बिर्तामोडबासीको जीत बन्न सकोस !’ नेता कडरियाले भने ‘मत जित्नु भया,े अब मन जित्नुहोस !, यसको लागि बिर्तामोड नगरपालिकामा मतदानको लागि सहभागी कुल ४१००० मतदाताहरु मध्ये यहाँहरुले प्राप्त गर्नु भएको करिब ४०% मत लोकतान्त्रिक मान्यताको हिसाबले बिजयी बन्नको लागि त काफी नै रहयो तर, बाँकी ६०% मतदाताहरुलाईसँगैै लिएर हिड्ने हिम्मत गर्नु हुनेछ ।’ सिङ्गो बिर्तामोड बासीको साझा नेतृत्वको भुमिकामा रहनु हुनेछ भन्नेमा हामी पूर्ण बिस्वस्त छौँ, ठिक यसर्थमा यहाँहरुलाई मेरो र हाम्रो रचनात्मक साथ रहने नै छ !’ युवा नेता कडरियाले भने ।
नेता कडरियाले कुल खसेको ४१००० मत उपमेयरले पाएको ८४५१ मत र बदर भएको ८१७३ मतका कारण १६६२४ मत आएपनि प्राविधिक त्रृटिका कारण बिजयी भएर पनि पराजय भएको बताए । गठबन्धनका मेयर पदका उम्मेद्वार नेपाली कांग्रेसका भोजराज सिटौलाले पनि प्राविधिक कारणले नै पराजित ब्यहोर्नु परेको कडरियाले बताएका छन् । सिटौलाले १२७६२ मत पाएको बताउँदै नेता कडरियाले ४४८८ मत बदरलाई जोडदा १७२५० मत हुने बताए । मेयर र उपमेयर मतकै आधारमा जिते पनि प्राविधिक कारण पराजयको सामना गर्नु परेको उनको भनाई थियो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नं. १ कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश) ले झापा, मोरङ र सुनसरीमा सोचे जस्तो परिणाम नआएपनि संमग्र देशभरको परिणाम फलदायी रहेको बताएका छन् । त्यस्तै पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि) ले माओवादी गठबन्धनप्रति इमान्दर रहेको बताउँदै नेपाली कांग्रेस गठबन्धनको स्प्रीटप्रति इमान्दार नभएको बताए ।
सोही कार्यक्रममा नेता कडरियाले निर्वाचनमा अहोरात्र खटिएका अग्रज, नेता तथा कार्यकर्तापंक्ति तथा उम्मेद्वारसहित मतदातालाई हार्दिक आभारसहित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।
पार्टीका बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर इन्चार्ज युवराज दाहाल, नगर कोषाध्यक्ष कृष्ण साँवा लिम्बुलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेको नगर उपाध्यक्ष जेवी जबेगुले जानकारी दिए ।
पार्टीका प्रदेश सदस्य तथा झापा सह–इन्चार्ज ज्योतिसिंह दर्लामी, प्रदेश सदस्य कुवेर श्रेष्ठ (अरुण), सिता सापकोटा (सन्ध्या), गैरभौगोलिक जिल्ला सह–इन्चार्ज शिखर कडरिया, भूपाल सापकोटा, अनेमसंघ (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य निरु खतिवडा, बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरियालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सञ्चालन नगर सचिव गणेश कालिकोटेले गरेका थिए ।