बुट्टाबारी ।
बन्दी सहयता नेपालद्वारा संचालित मनमाया आमा बालगृह तथा जुनकीरी प्राबी अर्जुनधारा ११ का बालबालिकाहरुलार्इ स्कुल ब्याग, स्टेशनरी तथा खेलकुद सामग्री बितरण गरिएको छ ।
अनम ज्योति बोडिङ्ग स्कुल काठमाडौ कि सस्थापक ज्योति केसीले उक्त सामग्री बालबालिकाहरुलार्इ बितरण गरेकी हुन ।
आफुले कमाएको केही रकम असाय बालबालिकाहरुको शिक्षामा खर्च गर्ने इच्छा रहेको र नेपाल भरिका पचास जना बालिकाहरुलार्इ शिक्षामा सहयोग गर्ने गरेको केसीले बताइन् । उनले इन्दिरा राना मगरले बन्दी बालबालिका सम्बन्धि कार्य गरेको देखेर सहयोग गरेको उनले बताइन् ।
कार्यक्रममा बन्दी सहयता नेपालका कार्यक्रम संयोजक अर्पण राना मगर, सुम्निमा राना मगर, अम्बिका गुरुङलगायतले सहयोगप्रति शुभकामना मन्तव्य राखेका थिए । स्वागत शिक्षक गिता खरेलले गरेका कार्यक्रममा सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।