• उद्धव पुरी 

सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाको मेयरमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल निर्वाचित भएका छन् । निवर्तमान मेयर पोखरेलले ८६७३ मत ल्याउँदै पुनः मेयरमा निर्वाचित भएका हुन् । पोखरेलले उनका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका रुद्रप्रसाद चिमरियालाई २०१२ मतान्तरले पछि पार्दै बिजयी बनेका हुन् । चिमरियाले ६६६१ मत ल्याएका थिए । 

उपमेयरमा नेपाली कांग्रेसकी तर्फबाट उम्मेद्वार बनेकी आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छिन् । शिवाकोटीले उनकी निकतम प्रतिद्धन्द्धी नेकपा एमालेकी मञ्जु प्रसाईलाई १८६८ मतान्तरले पछि पार्दै निर्वाचित बनेकी हुन् । 

त्यस्तै मतगणनाको शुरुमा अग्रता कायम गर्दै आएपनि पछिल्लो समयमा मेयरमा तेस्रो स्थानमा स्वतन्त्रतर्फबाट जेब्रा चिन्हका उम्मेद्वार शेरबहादुर थापाले ५६९१, राप्रपाका श्यामसुन्दर ओलीले २२०५, विवेकशील साझा पार्टीका(तराजु चिन्ह) का भिमप्रसाद अधिकारीले १८४, स्वतन्त्र (पुतली चिन्ह) का देबीप्रसाद उप्रेतीले ११ र मौलिक जरोकिलो पार्टी (किबोर्डसहितको कम्प्युटर चिन्ह) का टंका उप्रेतीले २० मत प्राप्त गरेका छन् । 

त्यसैगरी उपमेयरमा राप्रपाकी सचित्रा खनालले १६९५, नेकपा(एकीकृत समाजवादी) का तर्फबाट (कलम चिन्ह) की अम्विकादेबी महतले ६२०, विवेकशील साझा पार्टी (तराजु चिन्ह) की अम्बिका चम्लागाईले ११७, उन्नत लोकतान्त्रिक पार्टी (किताब चिन्ह) की बिन्ध्या बराईलीले ७ र मौलिक जरोकिलो पार्टी (किबोर्डसहितको कम्प्युटर चिन्ह) की शान्ता दाहालले १७ मत प्राप्त गरेका छन् । 

९ वटा वडा रहेको कनकाई नगरपालिकामा ७ वटा वडाअध्यक्ष एमालेले जितेको छ भने २ वटा वडाअध्यक्ष कांग्रेसले जितेको छ । 

वडा नं. १ सुशिलकुमार पाखरेल, वडा नं. २ मा बलराम राई, वडा नं. ३ मा युवराज चम्लागाई, वडा नं. ४ मा रोशन सुवेदी, वडा नं. ५ मा कृष्णबहादुर राई, वडा नं. ६ मा दीर्घबहादुर थापा, वडा नं. ९ मा राजेन्द्रप्रसाद उप्रेती एमालेको तर्फबाट वडाअध्यक्षमा निर्वाचित भइसकेका छन् । त्यस्तै वडा नं. ८ मा लीलाबहादुर कटुवाल र वडा नं. ७ मा भिष्मभूषण सिटौला नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्षमा निर्वाचित भइसकेका छन् । औपचारिक घोषणाको तयारी भइरहेको जानकारी दिइएको छ । 

थप विवरण :

kkk