सुरुङ्गा ।  

सुरुङ्गा क्षेत्रका युवा स्वास्थ्यकर्मीको टोलीले सुभम श्री हस्पिटल संचालनमा ल्याएका छन् । सुरुङ्गाका युवा स्वास्थ्यकर्मी  सम्भु शाह समेतको लगानीमा युवा स्वास्थ्यकर्मीहरु अनिल शर्मा, अशोक शर्मा र प्रकाश भण्डारीको समुहले आफ्नै लगानीमा सुविधा सम्पन्न अस्पताल सुरुङ्गामा सञ्चालनमा ल्याएका हुन् । 

 अस्पतालको विशेष कार्यक्रमका विच शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मुटुरोग विशेषज्ञ डिएम डाक्टर पारस कोइरालाले अस्पतालको उदघाटन गरे । उद्घाटनका अवसरमा भारतसहितका विभिन्न १३७ जना रोगी विरामीहरुको निशुल्क चेकजाँच र  परिक्षण समेत गरिएको थियो । 

अस्पतालले चौविसै घण्टा विशेषज्ञहरुको सेवा दिनुको साथै बेडभर्ना र रगत लगायातका सबै स्वास्थ्य जाँच ल्याव सेवाहरु समेत अत्याधुनिक एनालाइजर बाट परिक्षण गरिने अस्पतालका सञ्चालक तथा व्यावस्थापक अनिल शर्माले जानकारी दिए ।

२०६९ सालदेखि कनकाई सुरुङ्गामा सुभम मेडिसिन सेन्टरका नामले परिचित हस्पिटलका रुपमाा सञ्चालनमा ल्याएसँगै सुरुङ्गा र आसपास शिवसताक्षी बाह्रदशी, कनकाई, झापा गाउँपालिका र भारतको विहार राज्यका हजारौ नागरिकले नजिक्कै गुणस्तरीय सेवा पाउने अप्रेक्षा राखेका छन् ।