झापा । 

नेकपा एमाले केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले साङ्लोमा बाँधिएका युवकको १० वर्षपछि उद्दार गरेका छन् ।  झापाको हल्दीबारी गोल्धापका २८ वर्षीय केशव बस्नेतको आइतबार घरमै पुगेर उद्दार गरेका हुन् । 

प्रसाईंले गत वर्ष पनि खर्चको अभावमा उपचार गर्न नसकी घरमै फलामे साङ्लोमा बाँधिएका एक मानसिक बिरामी हल्दिबारीका २३ वर्षीय गंगाप्रसाद ढकालको उद्धार गरेर बीएन्डसी अस्पतालमा निःशुल्क उपचार गरेका थिए ।