लक्ष्मीपुर । 

झापाको बिर्तामोडमा सञ्चालित ईष्टन इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट ( इइसीओएचएम) ले बिजनेस स्टडीज र कम्युटर साइन्स् बिषय थप गरेको छ । 

इइसीओएचएमले बिर्तामोड–१ स्थित पञ्चकन्यामा रहेको नयाँ भवनमा आइतवार पत्रकार सम्मेलन गर्दै कलेज र उक्त बिषयको बारेमा जानकारी दिएको हो । 

यसअघि होटेल म्यानेजमेन्ट मात्र अध्यापन गराउँदै आएको इइसीओएचएमले यस शैक्षिक सत्रबाट  बिजनेस स्टडीज र कम्युटर साइन्स् बिषय थप गरेको जनाएको हो । 

इइसीओएचएम यसअघि  पूर्ण होटल म्यानेजमेन्ट कलेज मात्र थियो । तर उर्जावान् सञ्चालकहरुको समुहको प्रयासपछि बिजनेस स्टडीज र कम्युटर साइन्स् बिषयलाई समावेश गराएको  सञ्चालक तथा प्रवन्ध निर्देशक आलोक कार्कीले जानकारी दिए ।  उनका अनुसार होटल म्यानेजमेन्ट १२ पढेकाले मात्र पाउने कोर्ष थियो । तर, हाल उक्त बिषयमा एसएलसी पढेकाले पनि समावेश हुन पाउने छन् । 

इइसीओएचएमले बिद्यार्थीको सिकाईलाई ध्यानमा राख्दै उनीहरुलाई जीवनमा अघि वढ्नका साथै दक्ष जनशक्ति बन्न मद्दत गर्ने विश्वासका साथ उक्त बिषय समावेश गरेको जनाएको छ । बिशेष गरेर झापाभरका बिद्यार्थीलाई अध्यापन गराउने लक्ष्य रहेपनि जुनसुकै स्थानका बिद्यार्थी भएपनि अध्यापन गराईने बताइएको छ । 

इइसीओएचएम कलेजको सञ्चालकममा सशांक पुरी, आलोक कार्की, प्रितम कोइराला, सुमन श्रेष्ठ, निर्मल निरौला, धर्म राजवंशी, बिबेक नेपाल, सुमन उप्रेती  र रविन पाठक रहेको बताइएको छ । २०७१ सालमा स्थापना भएको इइसीओएचएमले पुरानो स्थानमा पनि अध्यापन गराउने जनाएको छ ।