बिर्तामोड ।
झापाको बिर्तामोड– ५ समुन्नत बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार बनाउन २५ लाख रुपैयाँ लगानी गरेको छ । नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वरोजगार कार्यक्रम अन्तरगत सरल व्याजदरमा सहकारीले १५ जनालाई २५ लाख रुपैयाँ लगानी गरेको हो ।
बिर्तामोड नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच विपन्न नागरकलाई स्वरोजगार बनाउने उद्देश्यसहित २५ लाख रुपैयाँ लगानी गरिएको संस्थाका सञ्चालक समिति सदस्य नवीन वरालले जानकारी दिए ।
सहकारीका अध्यक्ष कमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवलय अन्तरगत स्वरोजगार कर्जा लगानी गरिएको सञ्चालक समिति सदस्य बरालले बताए ।