विर्तामोड ।
नेपाल शिक्षक संघ विर्तामोडको चौथो प्रतिनिधिसभा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ विर्तामोडका अध्यक्ष लिलाप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, विशिष्ट अतिथि नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेल, नेपाली कांग्रेस विर्तामोडका नगर सभापति भोजराज सिटौला, शिक्षा शाखा विर्तामोडका प्रमुख तिलचन भण्डारी, वडा न ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, वडा न ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवा, नेपाल शिक्षक संघ प्रदेश १ का उपमहासचिव चित्रकला ओली, नेपाल शिक्षक महासंघ विर्तामोडका अध्यक्ष युवराज कट्टेल लगायतको उपस्थिति रहेको थियो।
धनकुमारी खरेल लताले संचालन गरेको कार्यक्रममा नेपाल शिक्षक महासंघ विर्तामोडका अध्यक्ष युवराज कट्टेल, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र प्रसाद खरेल, नगर सभापति भोजराज सिटौला, प्रमुख अतिथि सुधिरकुमार शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विर्तामोड नगरभित्रका उत्कृष्ट शिक्षकका रुपमा दामोदर न्यौपाने, रत्नमान गिरी, शान्ता चुडाल, हरी पोख्रेल, ईश्वरी खड्का, वेदमाया खनाल, शोभा भट्टराई, कृष्ण कार्की, रमेश ढुङ्गेल टंक घिमिरेलगायतका २३ जना उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।