भद्रपुर । 

आप्रवासीको हकहितका लागि सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन भइरहेका प्रदेश नं १ का ८ जिल्लाका जिल्लास्तरीय प्रतिनिधिहरूको भेलाले प्रदेश नं १ स्तरीय आप्रवासी हकहित संरक्षण सञ्जाल तदर्थ समिति गठन गरेको छ ।

बैशाख ५ र ६ गते सम्पन्न भेलाले झापाका लेखनाथ खतिवडाको अध्यक्षतामा २१ सदस्यीय सञ्जाल गठन गरेको हो 

हाललाई १५ जना सदस्य टुंगो लागेको सञ्जालको समितिको उपाध्यक्षमा मोरङका सन्तोष लिम्बु र उदयपुरकी शर्मिला थापा, महासचिवमा उदयपुरका राजकुमार घिमिरे, सचिवमा पाँचथरका भगवत राई, कोषाध्यक्षमा सुनसरीकी सुनिता मेहता र सदस्यमा मनमाया निरौला, सबिना श्रेष्ठ, संगिता खड्का, फूलमाया श्रेष्ठ, प्रेम श्रेष्ठ, सोनाम लामा, दिपेन्द्र यादव र जिज्ञासा तामाङ रहेका छन् ।

बाँकी रहेको सदस्य पदमा धनकुटा, ओखलढुंगा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ र सोलुखुम्बु जिल्लाबाट १÷१ जना थप गरी ६ महिनाभित्रमा अधिवेशन गर्ने भेलाले निर्णय गरेको छ ।