झापा ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा उद्योगी ब्यवसायी दुर्गा प्रसाईले झापाको हल्दिवारी गाउँपालिकामा एक हजर जनालाई निःशुल्क स्वास्थ्य बिमा गराएका छन् । बीएण्डीसी अस्पताल अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका प्रसाईले मंगलबार पनि हल्दिवारीका एक हजार स्थानीयलाई निशुल्क स्वास्थ्य विमा गराउने भएका हुन् ।
सामाजिक उत्त्रदायित्व अन्तर्गत बीएण्डीसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालले निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा प्रसाईले यस्ता कार्यक्रमहरु आफूले निरन्तर जारी राख्ने बताए । यसअघि पनि बि एण्डी सी अस्पताल अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुँदै आइरहेको थियो ।
प्रसाईले कचनकवल गाउँपालिका लोपउन्मुख जातिको पनि तुरुन्त स्वास्थ्य बिमा, खानेपानीको सुविधा पुर्याइदिने, हल्दीबारीका उपचारका लागि छटपटाई रहेका अतिविपन्न रमेश गिरीको निःशुल्क उपाचार गराइदिने भएका छन् भने हल्दिबारी गाउँपालिकामा लामोसमयदेखि उपचारको अभावमा साङ्लोले बाँधिएका एक युवकको उद्दार पनि गरेका थिए । प्रसाई आउँदो निर्वाचनमा झापाको क्षेत्र नं. ३ बाट उठ्ने तयारीमा छन् ।