बिर्तामोड । 

हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष तथा आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट अध्यक्षका दावेदार डम्बर गिरीको पहलमा राम्रो उपचार नपाएर छटपटाई रहेका अति विपन्न एक जना विरामीको निःशुल्क उपचार हुने भएको छ । 

उपाध्यक्ष गिरीको अनुरोधमा झापा बिर्तामोडको बीएण्डसी अस्पतालले हल्दीवारी–३ रमाइलो चोकका करिव ५० बर्षिय रमेश गिरीको निःशुल्क उपचार गरिदिने भएको हो । 

आर्थिक अवस्था नाजुक भएका रमेश प्रेसरको समस्याले टाउकोमा रगत जमेर नसा फुटेका कारण केही दिनदेखि मेची अस्पतालमा उपचार गराइ रहेका थिए । उपाध्यक्ष गिरीले उपचारका लागि बीएण्डसी अस्पतालका सञ्चालक तथा प्रवन्ध निर्देशक दुर्गा प्रसाईसँग पहल गरेर रमेशको निःशुल्क उपचार गरिदिने भएको जनाइएको छ । 

 आर्थिक समस्याले उपचारमा केही ढिला भएको भएपनि उपाध्यक्ष गिरीको पहलमा रमेशको निःशुल्क उपचार हुने भएको छ । गिरीका अनुसार बीएण्डसी अस्पतालका सञ्चालक तथा प्रवन्ध निर्देशक प्रसाईंले रमेशको सम्पूर्ण उपचार निःशुल्क गरिदिने प्रतिवद्धता जाहेर गरेको उपाध्यक्ष गिरीले जानकारी दिए ।

रमेश दैनिक ज्यालादारी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका थिए । यसअघि पनि गिरीको पहलकदमीमा ३ जनाको निःशुल्क उपचार भइसकेको छ ।