हल्दीवारी ।
झापाको हल्दीबारी २ को सरस्वती आधारभुत बिद्यालय ब्वस्थापन समितिका अध्यक्ष तथा हल्दिवारि गाउँपालिका वडा नम्बर २ का वडासदस्य खकेन राजबंशीले आइतवार (आज) एक कार्यक्रमका बिच बिद्यालयमा बिद्यार्थी सहायता कोष स्थापना गरेका छन् । वडा सदस्य राजवंशीले आफ्नो जन्मदिनको अवसर पारेर बिद्यालयमा साहायता कोष स्थापना गरेका हुन् ।
जन्मदिनमा गरिने फजुल तथा तडक भडक खर्च नगरी बिद्यार्थीका घर परिवारमा दैबि प्रकोपमा हुने सम्भावित दुर्घटनामा सहयोग गर्ने उदेश्यका साथ १० हजार रुपैयाँ बराबरको कोष स्थापना गरेका हुन् ।
सो कोषमा आजै जन्मदिन परेकी शिक्षिका पार्वता गौतमले पनि दुई हजार रुपैयाँ प्रदान गरेकी छिन् । कार्यक्रममा अध्यक्ष खकेन राजबंशीले मानिसहरु आफ्नो जन्मदिनमा केक काटेर साथीभाई बसेर खाएर तडक भडक गर्दै अनावश्यक खर्च गर्नु भन्दा बिपन्न बिद्यार्थीहरुलाई घरमा कुनै दैबि प्रकोप दुर्घटना हुँदा कति बिद्यार्थीहरुले पढाइ छोड्न बाध्य हुने र सो अवस्था सृजना हुन नदिन आफुले उक्त कोष स्थापना गरेको बताएका छन् । उनले सबैले यस्तो कार्यलाई प्रथामिकता दिनुपर्ने उनले बताए ।


















