• धर्मेन्द्र मामा 

बिर्तामोड । 

झापाको  दमक क्षेत्रमा रहेर  सामजिक तथा  राजनैतिक क्षेत्रमा  महत्वपूर्ण  योगदन  पुर्याउनु हुने  शेरबहादुर भट्टराईको विषयमा तयार गरिएको शेरबहादुर भट्टराई एक चिनारी नामक पुस्तक आज सार्वजनिक गरिएको छ । दमकका सामाजिक व्यक्तित्व भट्टराईको बारेमा विभिन्न ४६ जनाले लेखमार्फत् अभिनन्दन गरेको पुस्तक नयाँवर्ष २०७९ को अवसरमा एक औपचारिक कार्यक्रम गरी आज लोकार्पण गरिएको हो ।

राष्ट्रिय सभाका पूर्व सदस्य डिल्ली सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संविधानसभा सदस्य सुधिर शिवाकोटी, प्रदेससभा सदस्य तथा पूर्वमन्त्री हिक्मत कार्की, प्रदेससभा सदस्य अर्जुन राई लगायतले संयुक्तरुपमा पुस्तकको विमोचन गरेका हुन् । प्रकाशक सितादेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले शेरबहादुर भट्टराई राजनीतिकर्मी मात्रै नभएर एकजना समाजिक अभियन्ता समेत भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै कांग्रेस झापा सभापति देउकुमार थेवे, संविधानसभा सदस्य सुधिर  शिवाकोटी, पूर्व प्रदेशमन्त्री हिक्मत कार्की, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहा, महिला नेत्री रेगिना भट्टराई प्रसाईं, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी लगायतले शेरबहादुर भट्टराईले दमक निर्माणमा पुर्याएको योगदान पछिल्लो पुस्तालाई जानकारी गराउन पुस्तक सहयोगी हुने अपेक्षा सुनाए ।

कार्यक्रममा पुस्तकका प्रधान सम्पादक खेमलाल पोखरेल, कार्यकारी सम्पादक धनकुटे कान्छा लगायतले शेरबहादुर भट्टराईको जीवनी समेटिएको पुस्तककले जीवन जिउने कला सिकाउने जिकिर गरेका थिए । कार्यक्रममा  दमक क्षेत्र का  विभिन्न  संघ  संस्था  , राजनीतिक दल  , धार्मिक  तथा  भट्टराई कुलबन्श प्रतिस्ठान  का केन्द्रिय तथा  जिल्ला   पदाधिकारी हरु  सहभागी  थिए ।  कार्यक्रममा  परिवार का तर्फबाट  छोरा हरु नहकुल र शहदेब भट्टराई ले स्वागत तथा धन्यवाद  ज्ञापन गरे