झापा ।
विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा तीन जना शिक्षक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका तीन जना शिक्षक रहेका छन् ।
शिक्षकले विद्यालयमा कक्षा ४, ५, ६, ७ र ८ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । शिक्षकमाथि विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि अभिभावक र विद्यार्थीले बिद्यालय तोडफोड समेत गरेका छन् ।
यौनदुर्व्यवहार गर्ने शिक्षकविरुद्ध चैत्र २४ गते राति विद्यालयमा अध्यनरत विद्यार्थीका अभिभावकहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिएका थिए । उजुरी परेपछि शिक्षकहरु फरार भएका थिए । विद्यालयका शिक्षक रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले शुक्रबार साँझ शिक्षकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्की अनुसार पक्राउ परेका तीनै जना शिक्षकहरुमाथि आवश्यक अनुसन्धान भईरहेको छ ।