बिर्तामोड ।

 झापाको बिर्तामोडको एक बिद्यालयमा भएको आर्थिक अनियमिता र आर्थिक गतिबिधिमा बिद्यालयमा भएको शिक्षकहरुको सामुहिक संघर्षप्रति बिद्यार्थीका चारवटा संघ तथा संगठनले आपत्ति जनाएको छन् । 

बिद्याथीका चारवटा संगठनले बिर्तामोड–१० को बिराट आधारभूत बिद्यालयमा भएको शिक्षक तथा कर्मचारीको संघर्षप्रति आपत्ति जनाएका हुन् ।  

नेपाल बिद्यार्थी संघ (नेबिसंघ), अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु र समाजबादी बिद्यार्थी युनियन झापाले संयुक्त बिज्ञप्ती जारी गर्दै शिक्षकहरुको संघर्षप्रति गम्भिर ध्यानाकर्ष भएको जनाएको हो । 

गत चैत २८ गते प्रकाशित भएको समाचारप्रति संगठनको ध्यानाकर्षण भएको बिज्ञप्तीमा भनिएको छ । नेविसंघ झापा अध्यक्ष राजेन्द्र उप्रेती, अखिल(क्रान्तिकारी) झापा अध्यक्ष रञ्जन धमला, अनेरास्ववियु झापा अध्यक्ष हरि भट्टराई र समाजबादी बिद्यार्थी युनियन झापा अध्यक्ष सुनिल हताचोले हस्ताक्षर गरेको बिज्ञप्तीमा भनिएको छ ’ बिगत २ बर्षदेखि बिद्यालयको लेखा परिक्षण तथा सामाजिक परिक्षण नगरेको, आर्थिक अनियमितता चरम रुपमा हुँदै आएको र बिद्यालयका शिक्षक तथा कर्मचारीले तलब सुविधा प्राप्त नगरेकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण आपत्ति छ ।’

बिद्यालयमा हुने गरेको आर्थिक गतिविधि पारदर्शिता नभएकोले प्रध्यानाध्यापक, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षा शाखा प्रमुख र नगर प्रमुखको समेत मिलेमतो रहेको छ भन्ने आशंका देखिएको जनाइएको छ । 

बिद्यालयले अहिलेसम्मको हरहिसाव सार्वजनिक नगरेकोले तत्काल बिद्यालयका आर्थिक गतिविधि सार्जजनिक गर्न बिद्यार्थीका चार संगठनले माग गरेका छन् । बिद्यार्थीको मागलाई ब्यवस्था गरे आन्दोलन गर्न बाध्य हुने बिज्ञप्तीमा उल्लेख छ ।