बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा न. ६ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्घ अखिल (क्रान्तिकारी) ४५ सदस्य इकाई कमिटी गठन भएको छ ।
बिहीवार भएको भेलाले सुजन दाहालको अध्यक्षतामा कमिटी गठन गरेको बिर्तामोड नगर उपाध्यक्ष जेबी जवेगुले जानकारी दिए ।
सुजन दाहलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर इन्चार्ज युवराज दाहालको प्रमुख आतिथ्य रहेको थियो भने विशेष अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य अनिल सुवेदी रहेका थिए ।
कार्यक्रममा जेबि जबेगु, रञ्जन धमला, पदमप्रसाद ढकाल, पुजा कडेललगायत विद्यार्थी नेतृत्वको आतिथ्य रहेको थिए ।
कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि दाहाल, अखिल (क्रान्तिकारी) झापा अध्यक्ष रञ्जन धमला, बिर्तामोड नगर उपाध्क्ष जेबि जबेगु, केन्द्रीय सदस्य सुवेदीले शुभकामना मन्तब्य राखेका थिए ।
सुरेन्द्र गिरीले सञ्चालन गरेको कार्यक्रममा खेलकुद इकाई समिति र साहित्य इकाई पनि गठन गरिने निर्णय भएको छ ।