बिराटनगर । 

१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । पुर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको सहकार्य र १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा बिहीवार स्वास्थ्य शिविर भएको हो । 

स्वास्थ्य शिविरमा हाड जोर्नी, स्त्री रोग तथा नाक, कान, घाँटी सम्वन्धी समस्या भएका प्रहरी कार्मचारी तथा परिवारहरु लाभाम्वित भएका थिए । शिविरमा १ नम्वर प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालयका  प्रहरी  कर्मचारी तथा प्रहरी परिवार गरी १ सय ३५ जनाको स्वास्थ्य जाँच गरिएको थियो ।

 स्वास्थ्य शिविर उपस्थित बिशेषज्ञ डाक्टहरुको टोलीलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले २४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरु स्वस्थ्य भएमा मात्र आम नागरीकोहरुको सुरक्षामा प्रभावकारी भुमिका रहने हुँदा यस्ता कार्यक्रमले मनोवल उच्च रहने बिश्वास ब्यक्त गरे ।