बिर्तामोड । 

ललीतपुरको कुपण्डोलस्थित कानदेवस्थानमा केन्द्रीय कार्यालय रहेको सेन्ट्रल फाइनान्स लिमिटेडले झापाको बिर्तामोडमा  शाखा सञ्चालन गरेको छ । 

फाइनान्सले आइतवार बिर्तामोडमा १६ औं शाखाको रुपमा कार्यालय सञ्चालनमा ल्याएको हो । सेन्ट्रल फाइनान्सका कार्यकारी अधिकृत रजोजमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाश शिवाकोटीले शाखाको उद्घाटन गरेका हुन् । 

फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत विनोद नरसिंह श्रेष्ठले २५ औं बर्ष अघि शुरु भएको उक्त फाइनान्सले स्थापना कालदेखि नै नाफामा रहेको जानकारी दिए । नेपाल राष्ट्र बैंकबाट ‘ग’ बर्गको इजाजत प्राप्त गरेको फाइनान्सले आधुनिक बित्तिय सेवाहरुकै कारण यो अवस्थासम्म आउन सफल भएको उनले बताए । फाइनान्समा ५१ प्रतिशत संस्थापकहरुको शेयर रहेको छ भने ४९ प्रतिशत सर्वसधारणको रहेको उनले जानकारी दिए । उनले संस्थाको चुक्तापुँजी ९४ करोड ८८ लाख रुपैयाँ भएको बताए ।  

कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, प्रमुख अतिथि शिवाकोटी, बिर्तामोड जेसीजका अध्यक्ष प्रविन खड्का, कुमारी बैंक बिर्तामोडका देवराज नेपाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फाइनान्सको बिर्तामोड शाखाको प्रमुखका रुपमा प्रकाश फुयाल रहेको छन् ।  स्वागत फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत विनोद नरसिंह श्रेष्ठले गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए ।