बिर्तामोड । 

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको श्री सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले सदस्यको मृत्यु भएपछि ऋण मिनाहा तथा परिवारलाई आर्थिक सहयोग गरेको छ ।

 संस्थाका शेयर सदस्य गरामनी –५ का नारायण राजबंशीको मृत्यु भएपछि उनको परिवारलाई ऋण मिनाह तथा आर्थिक सहयोग गरेको हो । राजवशीको ४० वर्षको उमेरमा हृदयघातका कारणले निधन भएको थियो। 

शेयर सदस्यको निधन पश्चात संस्थाका  सञ्चालक समितिका सचिब कमल पराजुलीको नेतृत्वमा संस्था सञ्चालक समितिका पदाधिकारीहरु र कर्मचारीहरुको टोलीले स्व.राजबंशीको  घरमै पुगेर समवेदनासहित ऋण मिनाह र आथिएक सहयोग गरेको हो । 

संस्थाले काजक्रिया  खर्चवापत १० हजार, कर्जा मिनाह ५६ हजार र स्व राजवंशीका छोराछोरीको शिक्षदिक्षाका लागि राजवंशीकी श्रीमती राधा राजवंशीलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको संस्थाका सचिव पराजुलीले  जानकारी दिए । 

 शेयर सदस्य  संस्थाको मेरुदण्ड भएकाले सदस्यहरुको सुख दुःखमा सदैव साथ रहने संस्थाका अध्यक्ष गंगाराम ओडारिले बताए ।

संस्थाले आफ्ना सदस्यहरुलाई  मृत्यु राहत, सुत्केरी सुबिधा, दुर्घटना बिमा, कर्जा मिनाहा लगायत विभिन्न सुविधा प्रदान गर्दै आएको जनाइएको छ  ।